सिटी एक्सप्रेस मनी ट्रान्सफरमा आवद्ध ८ अभिकर्ताले पाए कोरोना दाबी भुक्तानी

१३ बैशाख २०७८, सोमबार १७:४२

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले विश्वव्यापी फैलिरहेको कोरोना महामारी विरुद्घ आफ्ना अभिकर्ताहरुको बीमा गराएको थियो । कम्पनीमा आवद्ध ८ जना कोरोना संक्रमित अभिकर्ताले कोरोना बीमा दाबी भुक्तानी पाएका छन् ।

उक्त कोरोना बीमा दावी वापत ८ जना कोरोना पीडित अभिकर्ताहरुलाई, कोरोना बीमाको दाबी वापत ५० हजार रुपैयाँ सिटी एक्सप्रेसले हस्तान्तरण गरेको छ ।

साई बाबा रेमिट् , चाबहिलका हरी कुमार श्रेष्ठ , अनलाईन सब् रेमिट् , काठमाडौंका दीपेन्द्र ढकाल , आनन्द मनी ट्रान्सफर , झापाका आनन्द थापा, डेस्टिनेशन डेलिभरी सर्भिस , कास्कीका लीला भट्टराई , मध्यबिन्दु ट्रेड् सेन्टर , नवलपुरका गोपाल सिर्पाली , कलश मनी ट्रान्स्फर , सुन्सरीका कुल बहादुर भारती, जिमिरेभर मनी नेट्वर्क , परासीका शेर बहादुर गुरुङ र हीरा इन्टप्र्राइजेज , नवलपुरका कृष्ण गिरी गरी ८ जाना लाई चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*