निषेधाज्ञामा निगमका डिपो र पेट्रोल पम्प खुल्ला रहने

१६ बैशाख २०७८, बिहीबार १३:५७

काठमाडौँ । काठमाडौ उपत्यका लगायतका जिल्लामा कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएको क्षेत्रमा आज देखी निषेधाज्ञा गरिएको छ ।

निषेधाज्ञामा सार्वजनिक यातायात तथा अत्यावश्यक बाहेकका निजी सवारी साधनमा रोक लगाइएको छ ।

यसैबीच नेपाल आयल निगमका विनितमणी उपाध्यायले इन्धनको आपूर्ति सहज भएकोले सन्चित नगरी आवश्यकता अनुसार तेल भर्न आग्रह गरेका छन् । साथै अहिले कोरोनाको कारणले सर्वसाधारणहरुमा तेल नपाइने हो कि भन्ने भ्रम रहेको र एक दुई घण्टा लाइनमा बसेर बोटल, जर्किनमा इन्धन भरेर लाने खालका अवस्था देखिएकाले सरल र सहज रुपमा इन्धनको आपूर्ति भइरहेकोले उपभोक्तालाई नआतिन समेत आग्रह गरेका छन् ।

उपाध्यायका अनुसार निषेधाज्ञामा पनि निगमका डिपो र पेट्रोल पम्प खुला रहनेछ साथै आवश्यकता अनुसार पेट्रोलियम पदार्थ उपलब्ध पनि हुनेछ । पेट्रोलियम पदार्थ कुल क्षमताको ८० प्रतिशत बढी मौज्दात रहेको निगमले बताएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*