राष्ट्रिय बीमा कम्पनीको साधारणसभा भोलि बस्दै, के के छन् एजेण्डा ?
१ आश्विन २०८३, बिहीबार १६:०८

काठमाडौं । सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडको भोलि असोज २ गते चौथो वार्षिक साधारणसभा बस्दैछ ।
साधारणसभा काठमाडौंको शंखमूलस्थित अनमोल क्याटरिङ्ग सर्भिस प्रा।लि मा बिहान ११ बजेदेखि शुरु हुनेछ। साथै साधारणसभाका लागि भदौ १८ गते कम्पनीको शेयर दाखिला खारेज बन्द (बूक क्लोज) गरी सकेको हो ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७७।७८ र २०७८।७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन सहितका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७९।८०, २०८०।८१ र २०८१।८२ का लागि नियुक्ति लेखापरीक्षकको नियुुक्ति एवं पारिश्रमिक समर्थन गर्ने प्रस्ताव सभाका लागि तय गरिएका छन्।










