चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउने मिति तय, कहिले र कहाँबाट लगाउने ?

२९ बैशाख २०७८, बुधबार १२:५८

काठमाडौं । चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउने मिति तय भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार कोभिड–१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउने मिति तय भएको हो ।

भेरोसेलको दोस्रो डोज जेठ २ गतेबाट लगाउने मिति तय भएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले एक सूचना जारी गरेर जानकारी गराएको हो । खोप लगाउने केन्द्रहरु काठमाडौंका विभिन्न स्थानीय तह तथा पालिकाहरुमा तोकिएको छ ।

वागमती स्वास्थ्य निर्देशनालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जारी गरेको सूचनामा भनिएको छ: ‘नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आइसीएस बैठकको मिति २०७८/०१/२२ गतेको निर्णय र जिल्ला विपत व्यवस्थापन केन्द्र, काठमाडौंको मिति २०७८/०१/२५ गतेको निर्णय अनुसार दोस्रो चरणको कोभिड–१९ विरुद्धको खोप (भेरोसेल दोस्रो मात्रा) अभियान मिति २०७८/०२/०२ गते देखि सञ्चालन हुने भएको छ,’ ।

सम्बन्धित स्थानीय तहहरुलाई कोभिड–१९ विरुद्धको खोप अभियान कार्यक्रम संचालन निर्देशिका २०७७ बमोजिम जनस्वास्थ्य मापदण्ड पालना गरी १८ देखि ५९ वर्ष उमेरका व्यक्तिहरुलाई भेरोसेल दोस्रो डोज लगाउन जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले आग्रह गरेको छ ।

कार्यालयका अनुसार उक्त खोप अभियान जेठ २ बाट १० गतेसम्म ९ दिनसम्म चल्नेछ । खोप अभियानमा एक लाख ५९ हजार ४ सय ९९ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ ।

कहाँबाट लगाउने खोप ?
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार काठमाडौंका १० पालिकाहरुमा भेरोसेलको दोस्रो डोज उपलब्ध गराइनेछ ।
१. काठमाडौं महानगरपालिका (खोप केन्द्र नं.३२)
२. किर्तिपूर नगरपालिका (खोप केन्द्र नं.२)
३. चन्द्रागिरी नगरपालिका (खोप केन्द्र नं.३)
४. नार्गाजुन नगरपालिका (खोप केन्द्र नं.२)
५. तारकेश्वर नगरपालिका (खोप केन्द्र नं.१)
६. टोखा नगरपालिका (खोप केन्द्र नं.२)
७. बुढानिलकण्ठ नगरपालिका (खोप केन्द्र नं.२)
८. गोकर्णेश्वर नगरपालिका (खोप केन्द्र नं.२)
९. शंकरापुर नगरपालिका (खोप केन्द्र नं.२)
१०.कागेश्वरी मनोहरा नगरपालिका (खोप केन्द्र नं.२)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*