प्रधानमन्त्री ओलीद्वारा राजिनामा ! राजिनामा शब्द नलेखेर राष्ट्रपतिलाई बुझाए पत्र

६ जेष्ठ २०७८, बिहीबार २२:५७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति राजिनामा शब्द कही कतै उल्लेख नगरी राजिनामा बुझाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको पत्र बुझेपछि राष्ट्रपति कार्यालयले बक्तव्य निकालेर पुनः प्रधानमन्त्री नियुक्तीका लागि शुक्रबार साँझ ५ः०० बजेसम्मको समय तोकेर आह्वान गरेकी छिन् ।

आज साँझ राष्ट्रपति कार्यालयबाट जारी सूचना अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसक्ने भन्दै आफ्नो मौजुदा मन्त्रिपरिषद अघि बढ्न नसक्ने भएकोले नयाँ प्रक्रियामार्फत प्रधानमन्त्री चयन गर्ने प्रक्रिया अघि बढाउन राष्ट्रपति समक्ष सिफारिस गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोही सिफारिसका आधारमा केपी शर्मा ओली नेतृत्वको सरकारको औचित्य समाप्त भएको भन्दै शुक्रबार साँझ ५ः०० बजेभित्र धारा २ बमोजिमको नयाँ सरकार गठनको लागि आह्वान गरेकी छिन् । यसअघि ७२ घण्टाको समय दिइएकोमा यस पटक भने जम्मा २१ घण्टाको समय दिएर नयाँ सरकार गठनको लागि आह्वान गरेकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति कार्यालयमा बुझाएको पत्र अघोषित राजिनामा भएको अधिवक्ता विष्णु प्रसाद बास्तोलाले बीमा पोष्टलाई जानकारी दिए । उनले भने, ‘नेपालको संविधानको धारा ४ मा धारा ३ बमोजिम गठन भएको सरकारले ३० दिनभित्रमा विश्वासका मत लिनुपर्ने भन्ने व्यवस्था गरेको छ, सो बमोजिम विश्वासको मत लिन म असमर्थ छु भनेर प्रधानमन्त्री भन्न पाउँछ । प्रधानमन्त्रीको आजको सिफारिस अनुसार उनले पदबाट राजिनामा गरेका हुन् भनेर बुझ्न सकिन्छ ।’

केपी ओली नेतृत्वका सरकारका ७ जना मन्त्रीलाई आजै सर्वोच्च अदालतले बर्खास्त गरी दिएपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति समक्ष विश्वासको मत लिन सक्ने अवस्था नभएको राजनीतिक अवस्था झनै प्रतिकूल भएकोले आफूले बहुमत पुर्याउन सक्ने अवस्था नरहेको जानकारी गराएकोले नयाँ प्रक्रिया सुरु गर्नु राष्ट्रपति भण्डारीको संवैधानिक बाध्यता रहेको समेत अधिवक्ता बास्तोलाले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*