अछामको समविकास नेपाललाई प्रभु क्यापिटलको सहयोग

काठमाडौं । दुर्गम उच्च पहाडी जिल्ला अछाममा कार्यरत सम विकास नेपाललाई प्रभु क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोभिड–१९ विरुद्ध लड्ने सामग्री सहयोग गरेको छ।
कम्पनीले कोरोना भाइरसविरुद्धमा लड्न सहज होस् भन्ने हेतुले अछाम जिल्लामा कार्यरत समविकास नेपाललाई अछामको साँफेफेबगरमा कोभिड–१९ को प्रभाव रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न स्वास्थ्य सामग्रीहरु वितरण गरेको जनाएको छ ।
समविकास नेपालले यी स्वास्थ्य सामग्रीहरु अछामको साँफेबगरमा अवस्थित स्वास्थ्य केन्द्र तथा आइसोलेसन केन्द्रमा कोभिड–१९ का बिरामीहरुलाई वितरण गर्ने जनाइएको छ । कम्पनीले १५० थान माक्स, १५० थान साबुन, १५० थान स्यानिटाइजर, १५० थान स्यानिटरी प्याड, १५० थान आकस्मिक खाद्य सामग्री र १५० फाइल सिटामोल वितरण गरेको जनाएको छ ।