जेठ १८ गतेदेखि अन्तर्राष्ट्रिय हवाई उडान खुल्ला गर्ने मन्त्रिपरिषदको निर्णय

१४ जेष्ठ २०७८, शुक्रबार ०६:०५

काठमाडौं । आगामी जेठ १८ गतेदेखि सीमित मात्रामा अन्तर्राष्ट्रिय उडानहरु खुल्ला गर्ने नेपाल सरकारले निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषदको बैठकले आगामी जेठ १८ गतेबाट चीन, युरोपको टर्की र खाडी मुलुकको कतारमा उडान खुल्ला गर्ने निर्णय गरेको हो ।

उल्लेखित देशहरुमा साताको एक दिन उडान हुनेछन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैंठकले तीन मुलुकमा तत्कालका लागि हवाई उडान खुला गर्ने निर्णय गरेको संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले जानकारी दिए । मन्त्री ढकालका अनुसार टर्कीको इस्तानबुल, कतारको राजधानी दोहा र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरिएको हो ।

योसँगै स्वास्थ्य सामग्रीहरु ल्याउनका लागि पनि नियमित उडानले राहत पुग्ने बताइएको छ । हाल खुला गरिएका गन्तव्यमा कतारमा नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्सले उडान गर्दै आएको छ भने चीनमा चाइना साथर्न, एयर चाइना र हिमालय एयरलाइन्सले उडान गर्दै आएका छन् । युरोपको टर्किमा भने टर्किस एयरलाइन्सले उडान गर्दै आएको छ ।

मलेसिया, कतार, दुबईलगायतका श्रम गन्तव्य मुलुकहरुमा हवाई उडान रोकिँदा शव ल्याउनसमेत समस्या भएको भन्दै सम्बन्धित राजदुताबासहरुलले हवाई उडान खुला गर्न अनुरोध गर्दै आएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*