बिषम परिस्थितमै बीमा र पुँजी बजारमा उत्साहप्रद प्रगति: अर्थमन्त्री पौडेल

१४ जेष्ठ २०७८, शुक्रबार १७:२५

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कोरोनाको बिषम परिस्थितमा समेत पनि बीमा र पुँजी बजारमा उत्साहप्रद प्रगति भएको बताएका छन् ।

शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले बीमा तथा पुँजी बजारको दायरा बढ्नुको साथै यी क्षेत्रमा उत्साहप्रद प्रगति हासिल भएको बताएका छन् । अर्थमन्त्री पौडेलले आ.व. २०७७र७८ को फागुनसम्ममा बीमा व्यवसायको कुल वित्तीय स्रोत तथा उपयोग गत आर्थिक वर्षको यसैअवधिमा भन्दा १५ प्रतिशतले वृद्धि भएको उक्त कार्यक्रम मार्फत बताए ।

त्यस्तै, २०७६ फागुन मसान्तसम्म १३ सय ७७ दशमलव २ को बिन्दूमा रहेको नेप्से परिसूचक २०७७ फागुन मसान्तसम्ममा २४ सय ५८ दशमलव ५ को बिन्दूमा पुग्नु सकारात्मक भएको बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*