आज ४:०० बजे बजेट घोषणा हुँदै, अध्यादेशमार्फत १६ खर्बको बजेट ल्याइदै

१५ जेष्ठ २०७८, शनिबार ०८:१९

काठमाडौं । सरकारले आज आर्थिक वर्ष २०७८।७९ का लागि नयाँ बजेट घोषणा गर्दैछ । सरकारले कूल १६ खर्बको बजेट घोषणा गर्न लागेको अर्थमन्त्रालय स्रोतले जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले सिंहदरवारबाट अपरान्ह ४ बजे प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय योजना आयोगका उपाध्यक्षलगायतको उपस्थितिमा बजेट भाषण गर्ने जनाइएको छ ।

संसद नभएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो । अर्थमन्त्री विष्णु पौडेलले आज अपरान्ह ४ बजे सिंहदरवारबाट टेलिभिजन मार्फत बजेट भाषण गर्नेछन् । बजेट भाषण नेपाल टेलिभिजन लगायतका सञ्चार माध्यमहरुले प्रत्यक्ष प्रशारण गर्नेछन् ।

गत वर्ष कोभिड महामारीका कारण बजेटको आकार घटाइएको भएपनि यस वर्ष निर्वाचन लगायतका कारण बजेट उच्च अंकले बृद्धि हुने जनाइएको छ ।

बीमापोष्टले अर्थमन्त्रीको भाषण आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रशारण गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*