कम्प्युटर अपरेटिङ सिष्टम विन्डोज ११ सार्वजनिक, कम्प्युटरमै मोबाइल एप चल्ने, यस्ता छन् विशेषता

१२ असार २०७८, शनिबार २२:५४

काठमाडौं । कम्प्युटरको सफ्टवयर निर्माता माइक्रोसफ्टले नयाँ कम्प्युटर अपरेटिङ सिस्टम विन्डोज ११ सार्वजनिक गरेको छ । माइक्रोसफ्टले २०१५ मा विन्डोज १० सुरु गरेको छ वर्षपछि विन्डोज ११ सार्वजनिक गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीका अनुसार विन्डोज १० चलाइरहेको कम्प्युटरमा निःशुल्क अपडेट हुनेछ । तर, विन्डोज ११ अपेरेटिङ सिष्टमको लागि चार जिबी र्याम अनिवार्य गरिएको छ ।

माइक्रोसफ्टले सन् १९८५ मा विन्डोज अपरेटिङ सिस्टमको पहिलो संस्करण सुरु गरेको थियो । विन्डोज ११ को सबभन्दा महत्वपूर्ण कुरा अब कम्प्युटरमै मोबाइल एपहरु डाउनलोड गरेल चलाउन सक्नेछन् । त्यस्तै म्याक कम्प्युटरमा जस्तै मल्टिपल डेस्कटपको सुविधा पनि हुनेछ । सन् २०१५ मा विन्डोज १० लन्च गर्दा नयाँ भर्सन नल्याउने र विन्डोज १० नै फाइनल भएको दावी गरेकोमा विन्डोज ११ लाई अपरेटिङ सिष्टमको क्षेत्रमा कोसेढुंगा सावित गर्दै सुरक्षा, छरितो बनाइएको जनाएको छ । विन्डोज ११ को अपडेटपछि यसले स्लिप मोडलाई हटाउने बित्तिकै तीव्र गतिमा काम गर्न थाल्छ । कम्पनीको दाबी छ कि यो ४० प्रतिशतसम्म छिटो काम गर्नेछ ।

विन्डोज ११ मा भ्वाइस सपोर्ट रहेको छ । अब तपाइले हातले मात्रै होइन, बोलेर टाइप गर्ने सुविधा नयाँ सिष्टममा रहेको कम्पनीले दाबी गरेको छ ।

यस वर्षको अन्त्यसम्ममा लन्च गर्ने विश्वास गरिएको विन्डोज ११ अबको केही दिनपछि डेभलपरहरुका लागि लन्च हुनेछ । त्यसपछि बजारमा सजिलै पाउने कम्पनी जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*