नेपाल टेलिकमद्धारा एसईई अफर सार्वजनिक, ३ महिना सम्म निःशुल्क सिमकार्ड उपलब्ध

२५ श्रावण २०७८, सोमबार १७:५३

काठमाडौँ । विगतका बर्ष झै यस बर्ष पनि नेपाल टेलिकमले एसइई उर्तिण विधाथीलाई ध्यानमा राख्दै एसइई अफर सार्वजनिक गरेकोे छ ।सार्वजनिक गरेको अफरमा एसइई उर्तिण विधार्थीले निःशुुल्क सिमकार्ड र डाटा, भ्वाइस प्याक र एसएमएस सुविधा प्राप्त गर्न सक्नेछन् ।

एसइई उत्तीर्ण विधार्थीको लागि नयाँ सिम तथा पुरानो सिममा पनि उक्त अफर उपलब्ध हुने टेलिकमले जनाएको छ । जुुन सिममा ३० दिनसम्मका लागि प्रति दिन १०० एमबी डाटा, १० मिनेट कल र १० एसएमएस प्राप्त हुनेछन् । यसका साथै सो सिममा ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि चलाउन मिल्ने ५०० एमबी, नेपाल टेलिकमको नेटवर्कभित्र ५० मिनेट कल र ५० वटा एसएमएस रिचार्ज उपलब्ध हुनेछ ।

नयाँ सिम प्राप्त गरेका विधार्थीले मेन ब्यालेन्सको रुपमा प्राप्त गर्ने सकिने १० रुपैयाँ बाट जुनसुकैे नेटवर्कमा कल गर्न एसएमएस पठाउन र डाटा चलाउन सकिने छ । सोे बाहेक ४० मिनेट टक टाइम, २० एसएमएस र ६० एमबी डाटा नेपाल टेलिकमकोे नेटवर्कमा प्रयोग गर्ने सकिने जनाएको छ ।

उक्त सिमकार्ड प्राप्त गर्नको लागि एसइई उर्तिण विधार्थीले नयाँ १० कक्षाको कुुनै मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावककोे नागरिकता वा अरु परिचयपत्रको फोटो कपी संलग्न गरी फारम भर्नुुपर्नेछ । हाललाई एसइई अफर सहितको नयाँ सिम तीन महिनासम्म उपलब्ध हुने टेलिकमले जनाएको छ ।

 

One thought on “नेपाल टेलिकमद्धारा एसईई अफर सार्वजनिक, ३ महिना सम्म निःशुल्क सिमकार्ड उपलब्ध

  1. Aman Dahal says:

    01011053R

Leave a Reply to Aman Dahal Cancel reply

Your email address will not be published. Required fields are marked *


*