ललितपुरमा ७९ लाखभन्दा बढीका गरगहना चोरी गर्ने दुई जना पक्राउ

४ बैशाख २०८३, शुक्रबार ०६:५४

काठमाडौं । ललितपुर महानगरपालिका–४ बागडोल क्षेत्रमा भएको सुन तथा चाँदीका गरगहना चोरी प्रकरणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२१ बस्ने ३२ वर्षीय अमन देउला रहेका छन्। साथै चोरीका गरगहना खरीद गरी गाल्ने कार्यमा संलग्न काठमाडौं महानगरपालिका–२३ स्थित अर्पिता ज्वेलर्सका सञ्चालक भारत पश्चिम बंगाल घर भएका ४७ वर्षीय स्वपन चक्रवर्तीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

गत चैत २६ गते दिउँसो बागडोलस्थित एक घरबाट करिब ७९ लाख १२ हजार ५०२ रुपैयाँ बराबरका गरगहना चोरी भएको थियो। उक्त घटनाको अनुसन्धानका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले अमन देउलालाई ललितपुर महानगरपालिका–४ बाट पक्राउ गरेको हो।

त्यस्तै स्वपन चक्रवर्तीलाई उनको आफ्नै पसलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले स्वपनको पसलबाट सुन तथा चाँदीजस्ता देखिने विभिन्न गरगहना समेत बरामद गरेको छ। घटनामा संलग्न दुवै जनालाई जिल्ला अदालत ललितपुरबाट पाँच दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*