पछिल्लो २४ घण्टामा थप ३४८१ जनामा संक्रमण पुष्टि, ३० जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९०७ जनाको पीसीआर परीक्षणमा २ हजार ६१६ र ५ हजार ७४९ जनाको एन्टिजेन परीक्षणमा ८६५ जना गरी कुल ३ हजार ४८१ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ भने १ हजार ८८५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ पुगेको छ ।