लेखापरीक्षण र साधारणसभा लगायत साँतबुँदे माग गर्दै राष्ट्रिय बीमा कम्पनीका कर्मचारी आन्दोलित

८ भाद्र २०८३, सोमबार १४:३३

काठमाडौं । सरकारी स्वामित्वको बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनीमा कार्यरत कर्मचारीहरू सातबुँदे माग सहित आन्दोलनमा उत्रिएका छन् ।

कर्मचारीहरूले समयमै लेखापरीक्षण गर्नुपर्ने, लेखापरीक्षण सम्पन्न भएका आर्थिक वर्षका साधारणसभा गर्नुपर्ने, कर्मचारी सम्बन्धी सेवा तथा शर्त अनिवार्य पालना गर्नुपर्ने जस्ता विभिन्न मागहरू राखी आन्दोलनमा उत्रिएका हुन् ।

कर्मचारीहरूले आफ्नो पहिलो माग लेखापरीक्षण सम्पन्न भइसकेका आर्थिक वर्षहरूको वार्षिक साधारणसभा यथाशीघ्र सम्पन्न गर्न माग गरेका छन् भने दोस्रो मागमा बाँकी रहेका आर्थिक वर्षको लेखापरीक्षण तुरुन्त सम्पन्न गर्न माग गरेका छन् । कम्पनीको लेखापरीक्षणमा ढिलाई हुने गरेका कारण साधारणसभा समेत समयमै सम्पन्न हुन नसकेको अवस्था रहेको छ।

त्यसैगरी कर्मचारीहरूले कम्पनीको कर्मचारी सेवा शर्त सम्बन्धी नियमावली, २०७४ (संशोधन २०७८ सहित) को पूर्णरूपमा कार्यान्वयन गर्न माग गरेका छन् भने नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणद्वारा तोकिए बमोजिमको चुक्ता पूँजी कायम गर्न पनि माग राखेका छन् ।

त्यस्तै जग्गा प्राप्ती कार्य तत्काल सम्पन्न गरी भवन निर्माण कार्य शुभारम्भ गर्न पनि माग राखेका छन्। साथै कर्मचारीको दैनिक कार्यसम्पादनमा समेत सञ्चालक समितिबाट अनावश्यक हस्तक्षेप हुने गरेको भन्दै कम्पनीको दैनिक कार्यसञ्चालनमा सञ्चालक समितिबाट हुने प्रत्यक्ष वा अप्रत्यक्ष हस्तक्ष तत्काल बन्द गर्न माग राखेका छन् ।

त्यसैगरी कम्पनीमा कुशासन मौलाउँदै गएको भन्दै कम्पनीको संस्थागत सुशासन निर्देशिका, २०८२ पूर्ण रूपमा कार्यान्वयन गर्न पनि कर्मचारीहरूले माग राखेका छन् । कर्मचारीहरूले आफ्नो माग सम्बोधन नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन् । कर्मचारीहरूले विरोध कार्यक्रम तथा आन्दोलन माग पूरा नभएसम्म गरी रहने भन्दै आफूहरूको मागमा संवेदनशील बन्न पनि सञ्चालक समितिसमक्ष माग गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*