राष्ट्रपतिद्धारा दल विभाजन गर्न मिल्ने अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश अध्यादेश प्रमाणीकरण गरेकी छन् ।
मन्त्रिपरिषद्को मंगलबार सम्पन्न बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुुगे दल विभाजन गर्न मिल्ने ब्यवस्थासहितको अध्यादेश सिफारिसका लागि राष्ट्रपति समक्ष पेस गरेको थियो । उक्त सिफारिस नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपतिबाट स्वीकृत भएको हो ।
यस अघि संसदीय दलमा वा केन्द्रीय समितिमा ४० प्रतिशत पुुराए दल विभाजन गर्न मिल्ने ब्यवस्था केपी शर्मा ओलीको सरकारले अध्यादेशबाट नै जारी गरेको थियो ।