आज तीन प्रदेशमा भारी वर्षा र मधेशमा हावाहुरीको सम्भावना

९ भाद्र २०८३, मंगलवार ०८:५४

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहको छ।

त्यस्तै देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र बाग्मती, गण्की र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेश प्रदेश साथै कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।

आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा र मधेश प्रदेशको केही स्थानमा हावाहुरीको सम्भावना रहको महाशाखाले जनाएको छ।

आज राति कोशी, बाग्मती र गण्डकी प्रदेशको हिमाली भू–भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा तथा हिमपात र कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राति मधेश प्रदेश तथा कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र कोशी, बाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडीइ भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*