जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, चालकसहित १० घाइते

९ भाद्र २०८३, मंगलवार ०९:००

काठमाडौं । स्याङजाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित १० जना घाइते भएका छन् ।

भदौ ८ गते सोमबार साँझ करिब ५ः४५ बजे गल्याङबाट गल्याङ नगरपालिका–९ साङलियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको बोलेरो जीप उकालो घुम्तीमा चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो ।

दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । उक्त दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको र चालकसहित १० जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*