हिमालयन लाइफमा नयाँ सिईओ नियुक्ती रोक्न सर्वोच्चमा मुद्दा, सम्भावना कति ?

८ भाद्र २०८३, सोमबार २१:१२

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका निलम्वित सिईओ कपिल कुमार दाहालले सर्वोच्च अदालतमा बीमा प्राधिकरण र कम्पनीका विरुद्धमा मुद्दा दायर गरी नयाँ सिईओ नियुक्ती प्रक्रिया रोक्का राख्न माग गरेका छन् । उनको मुद्दामाथि आज भएको एकल सुनुवाईपछि अल्पकालिन अन्तरिम आदेश जारी भएको छ । अब बीमा प्राधिकरण र हिमालयन लाइफ समेतलाई उपस्थित गराएर भदौं १५ गते अल्पकालिन आदेश जारी राख्ने कि खारेज गर्ने भन्ने बिषयमा बहस हुनेछ ।

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ सिईओ नियुक्तीका लागि आवेदन खुल्ला गरेकोमा हाललाई सर्वोच्च अदालतको आदेशद्वारा स्थगित भएको छ । दाहालले बीमा प्राधिकरण र बीमक कम्पनीलाई विपक्षी बनाएर मुद्दा दायर गरेका छन् । बीमा प्राधिकरण पनि अब सो मुद्दामा जवाफ लिएर प्रस्तुत हुनुपर्नेछ । सर्वोच्च अदालतले दुवै पक्षलाई यही भदौं १५ गते उपस्थित हुन भनेकोले सो दिन छलफल हुनेछ । सो दिन अल्पकालिन अन्तरिम आदेश जारी राख्ने वा खारेज गरेर नियमित मुद्दा प्रक्रियामा जाने भन्ने सम्बन्धमा निर्णय हुनेछ ।

बीमा ऐनमा भएको व्यवस्था अनुसार बीमा ऐन बमोजिमको मुद्दा अदालतमा चलेको अवस्थासम्म दाहाल सिईओमा फर्कने सम्भावना छैन । दाहाल धितोपत्र सम्बन्धी कसुरमा गत साउन २२ गते धरौटीमा रिहा भएका छन् । भदौं १५ गतेको बहसमा अन्तरिम आदेशले निरन्तरता नपाएको अवस्थामा हिमालयन लाइफमा सिईओ नियुक्तीको मार्गप्रसस्त हुनेछ । अन्तरिम आदेश जारी भएको अवस्थामा डेपुटी सिईओले कामु सिईओ बनेर चलाउनुपर्ने बाध्यता आइपर्नेछ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*