थप १२३९ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

७ आश्विन २०७८, बिहीबार १७:४६

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ६२९ जनामा पीसीआर परीक्षण गर्दा ९४१ जनामा र ३ हजार ६१४ जनामा एन्टिजेन परीक्षण गर्दा २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, बिहिबार पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको मूत्यु भएको छ भने १ हजार ३२४ जना संक्रमणुमुक्त भएका छन् । हाल देशभर २० हजार ७४३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*