दशैं-तिहारमा सामसङको धमाका: स्मार्ट अपग्रेडसँगै लक्की सरप्राइज, अन्य के छन् अफर ?

४ आश्विन २०८३, आईतवार १२:२८

काठमाडौँ । सामसङ नेपालले दशैं–तिहारको अवसरमा आफ्ना ग्लोबल नम्बर १ टिभी तथा होम अप्लायन्समा “स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा” अफर ल्याएको छ। यस अफर अन्तर्गत ग्राहकहरूले सामसङका टिभी तथा होम अप्लायन्स किन्दा दैनिक तथा साप्ताहिक लकी ड्र, थप क्यासब्याक र पक्का उपहार पाउन सक्नेछन्। यो अभियान २० सेप्टेम्बरदेखि १६ नोभेम्बर २०२६ सम्म चल्नेछ।

किन्नुहोस्, सहभागी हुनुहोस् र जित्ने मौका पाउनुहोस्

यो क्यामपेनको अवधिमा कुनै पनि सामसङ टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन वा एसी किन्ने ग्राहकहरूले आफ्नो खरिद दर्ता गरी सर्त तथा नियमहरू अनुसार लक्की ड्र मा सहभागी हुन सक्नेछन्।

यस लक्की ड्रमा ३१ जना दैनिक विजेता छनोट गरिनेछ। विजेताले सामसङ ९ केजी फ्रन्ट लोड वासिङ मेसिन वा सामसङ ५५” यूएचडी टिभी मध्ये कुनै एक उपहार जित्ने मौका पाउनेछन्। यसका साथै, ८ जना साप्ताहिक विजेताले सामसङ एसी जित्ने मौका पाउनेछन्।

कुल विजेता खरिद गरिएको सामान पुरस्कार
दैनिक ३१ टिभी ९ केजी फ्रन्ट लोड वासिङ मेसिन
वासिङ मेसिन / रेफ्रिजेरेटर / एसी ५५” UHD टिभी
साप्ताहिक टिभी / रेफ्रिजेरेटर / वासिङ मेसिन / एसी १ टन एसी

 

लक्की ड्रमा सहभागी हुनका लागी:

-क्यामपेनको अवधिमा कुनै पनि सामसङ टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन वा एसी किन्नुहोस्।

-सामानको पछाडि टासिएको स्टिकरमा रहेको १४ अंकको सिरियल नम्बर प्रयोग गरी “Samsung <space> [१४ अंकको सिरियल नम्बर]” ३७२७३ मा SMS पठाउनुहोस्। (उदाहरण: Samsung XXXXXXXXXXXXXXX)

-SMS पठाएपछि ग्राहकले तुरुन्तै SMS मार्फत पुष्टि पाउनेछन्।

-विजेताको घोषणा हरेक बुधबार Image च्यानलको “Music of Your Choice” कार्यक्रममा गरिनेछ।

-विजेताको सूची Smart Plaza र Big Digital को Facebook Page मा पनि राखिनेछ।

क्यासब्याक र पक्का उपहारसँग थप फाइदा

लक्की ड्रमार्फत पुरस्कार जित्ने मौकासँगै, ग्राहकहरूले चुनित सामसङ टिभी तथा होम अप्लायन्सेसमा थप क्यासब्याक र आकर्षक उपहार पनि पाउन सक्नेछन्। यसले सामसङका सामान किन्दा ग्राहकलाई थप फाइदा दिनेछ।

सेग्मेन्ट क्यासब्याक (सम्म) एक्सचेन्ज बोनस (सम्म) थप फाइदा
टिभी २६% निःशुल्क साउन्डबार + छनोट गरिएका मोडलमा १२ महिनासम्म निःशुल्क NETTV प्याकेज
रेफ्रिजेरेटर २१% रु. ५,०००
वासिङ मेसिन १८% रु. ३,००० छनोट गरिएका मोडलमा निःशुल्क ६ केजी सर्फ एक्सेल म्याटिक डिटर्जेन्ट

 

साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले १२ महिना वा २४ महिनाको ईएमआई योजनामा उपकरणहरू खरिद गर्न सक्छन्, जसले फाइनान्स गर्न अझ सजिलो बनाउँछ। नयाँ साम्संग होम अप्लाएन्सहरु मा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्को स्टोर मार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*