सुनको मूल्य दुई दिनमै ११ सयले घट्यो, प्रतितोला कति ?

८ आश्विन २०७८, शुक्रबार १२:०९

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ६ सयले घटेको छ । बिहिबार तोलामा ५ सयले घटेको सुन आज पनि तोलमा ६ सयले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार र तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहिबार भने छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय रुपैयाँ र तेजावि सुनको मूल्य प्रतितोला ८९ हजार १५० रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, हिजो प्रतितोला १ हजार १५५ रुपैयाँ रहेको चाँदी आज भने ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १६० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*