श्रीकृष्ण प्रणामी युवा परिषद नेपालकाे १३ ओैं राष्ट्रिय महाधिवेशन सुरू

काठमाडाैं । श्रीकृष्ण प्रणामी युवा परिषदकाे १३ ओैं महाधिवेशन आज शनिबारबाट काठमाडाैंमा सुरू भएकाे छ । श्री कृष्ण प्रणामी सेवा समिति नेपालकाे भातृ संस्था युवा परिषदकाे १३ अाैं महाधिवेशनबाट नयाँ कार्य समिति चयन हुने परिषदले जनाएकाे छ । आज असाेज ९ गतेबाट सुरू भएकाे राष्ट्रिय महाधिवेशन भाेलि समापन हुनेछ । युवा परिषद नेपालकाे १३ अाै राष्ट्रिय महाधिवेशनकाे उद्घाटन सत्र नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति गंगा प्रसाद उप्रेतीकाे प्रमुख आतिथ्यमा सुरू भएकाे हाे । उद्घाघाटन कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समितिका महासचिव भाेला दाहाल, विमलचन्द्र दाहाल, विष्णु चाैलागाई, आङफुटी शेर्पा, कृष्ण सुवेदी, बिनाेद शर्मा, शारदा शर्मा, श्याम केसीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका अध्यक्ष नवराज ढकालकाे सभापतित्वमा आयाेजित कार्यक्रममा देशैभरिबाट सयाैं प्रतिनिधिकाे उपस्थिति रहेकाे छ। युवा परिषद नेपालले काेराेना कहरकाे समयमा जनताकाे सेवामा समर्पित दर्जनबढि डाक्टरहरूलाई सम्मान गरिएकाे छ ।