थप ८३४ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

१० आश्विन २०७८, आईतवार १७:१९

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ५८९ जना पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मूत्यु भएको छ भने १ हजार २७९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १९ हजार १४२ जनामा सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*