आइतबार सुन तोलामा २ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?
१७ आश्विन २०७८, आईतवार १२:१७

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मुल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँ र तेजावि सुनको मूूल्य ८९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार भने छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय रुपैयाँ र तेजावि सुुनको मूल्य प्रतितोला ८९ हजार १५० रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, शुक्रबार प्रतितोला १ हजार १४० रुपैयाँमा कारोबार भएको चाँदी आज भने २० रुपैयाँले बढेर प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।