सोमबार सुन र चाँदी दुवैको मूल्य स्थिर
१८ आश्विन २०७८, सोमबार ११:२६

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनका चाँदी ब्यवसाय महासंघका अनुसार हिजो छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँ र तेजावि सुनको मूल्य प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भएकोमा आज सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै, सुनको मूल्य स्थिर रहदा चाँदी पनि स्थिर रहेको छ । आइतबार प्रतितोला १ हजार १६० रुपैयामा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।