साउदी अरबको युद्धमा तीन जना नेपाली घाइते, फाइनान्सियल टावरमा दोस्रो हमला

९ मंसिर २०८३, बुधबार ०६:१७

काठमाडौं । साउदी अरबको युद्धमा तीन जना नेपाली कामदार घाइते भएका छन् । यमनका हुथी विद्रोहीले राजधानी रियादस्थित नागरिक लगानी कोषको वित्तीय भवनमा गएराति दोस्रो पटक हमला गरिएकोे छ ।

सो हमलामा ११ जना घाइते भएका छन् । यमनका हुथी विद्रोहीहरुको निशानामा साउदी अरबले गरेको सैन्य कारवाहीको बदलामा हुथी विद्रोहीहरुले फाइनान्सियल टावरमा आक्रमण गरेका हुन् ।

भवनमा पुगेको क्षतिको विस्तृत विवरण आइसकेको छैन । घटनामा घाइते भएका ११ जनालाई अस्पताल भर्ना गरिएको छ । घाइतेहरु मध्ये तीन जना नेपाली, चार जना इजिष्टीयन, दुई जना साउदी र दुई जना भारतीय नागरिक छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*