नेपालगन्ज उड्न लागेको श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा सामान्य दुर्घटनामा, करोडौं बीमा दावी पर्नसक्ने

२० आश्विन २०७८, बुधबार ००:१२

काठमाडौं । काठमाडौंबाट नेपालगञ्ज उडान भर्नै लागेको श्री एयरलाइन्सको ९एन–एएनएफ संकेत नम्वरको जहाज त्रिभुवन विमानस्थलको धावनमा चिप्लिएर घाँसे मैदानमा पुग्दा सामान्य दुर्घटनामा परेको छ । दुर्घटनामा सबै यात्रुहरु सकुशल रहेका छन् ।

अपरान्ह ४ः१५ बजे काठमाडौंबाट उडान भर्ने क्रममा जहाज चिप्लिएको हो । जहाजको पछाडिको चक्का चिप्लिएर घाँसे मैदानमा पुगेको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख (एसएसपी) राजेशनाथ बास्तोलाको भनाई छ । जहाजको ल्याण्डिङ् गिएरमा समस्या आउन सक्ने सो एयरलाइन्स कम्पनीले जनाएको छ ।

७६ जना यात्रुसहित नेपालगन्ज उडान भर्न लागेको जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेपछि विमानस्थलमा होहल्ला र जहाजभित्र कोलाहल मच्चिन पुगेको थियो । लगत्तै विमानस्थलको फायर फाइटिङ टोली समेत सक्रिय भएर घटनास्थलमा पुगेका थिए । उक्त जहाजबाट सबै यात्रुहरुलाई सकुशल निकालेर तत्कालै अर्को जहाजमा राखेर नेपालगन्ज पठाइएको थियो ।

घट्नामा कोही पनि यात्रु घाइते भएका छैनन् । यद्यपि जहाजको ल्याण्डिङय गिएरमा समस्या आएको हुनसक्ने र यस जहाजको ल्याण्डिङ गिएर मर्मत गर्नु परेमा करोडौं रुपैयाँ बीमा दावी पर्ने देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*