आइएमई जनरल इन्स्योरेन्सले पायो बीबीबी निष्कासनकर्ता रेटिङ

२६ आश्विन २०७८, मंगलवार १८:०६

काठमाडौं । इक्रा नेपालले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई (इक्राएनपी–आईआर) बीबीबी निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ।उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ।

उक्त रेटिङ निष्काशनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको र यो कुनै खास ऋणपत्र विशेषको राय भने नरहेको इक्रा नेपालले सूचना मार्फत जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*