कृषि तथा पशुपन्छी बीमामा ८० प्रतिशत अनुदान दिन बीमा समितिको निर्देशन, असोज ७ गतेदेखि लागु हुने

५ कार्तिक २०७८, शुक्रबार १६:३६

काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले सम्पूर्ण निर्जीवन बीमा कम्पनीहरुलाई असोज ७ गतेदेखि लागू हुनेगरि कृषि तथा पशुपन्छी बीमाशुल्कमा ८० प्रतिशत अनुदान दिन निर्देशन दिएको छ ।

बीमा समितिले साउन एक गतेदेखि असोज ६ गतेसम्मको हकमा भने ५० प्रतिशत मात्रै हुने निर्देशन मार्फत जनाएको छ । अर्थमन्त्रालयको पत्र अनुसार आर्थिक वर्ष २०७८/७९ को आय व्ययको सार्वजनिक जानकारी वक्तव्यबाट कृषि तथा पशुपन्छी बीमामा प्रदान गर्दै आएको अनुदान रकमलाई ५० प्रतिशत कायम गरिएकोमा आर्थिक वर्ष २०७८/०७९ को अर्थ सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकमा उल्लेख भएको र सो विधेयक प्रमाणिकरण भएको मिति २०७८ असोज ७ गतेदेखि लागू हुने गरी कृषि पशुपन्छी बीमाको अनुदान रकम ८० प्रतिशत कायम गरिएको बीमा समितिले जारी गरेको निर्देशनले यस्तो जानकारी दिएको छ ।

गत आर्थिक वर्षसम्म कृषि तथा पशुपन्छी बीमामा सरकारले ७५ प्रतिशत अनुदान दिदै आईरहेको थियो । यस अघिका अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कृषि तथा पशुपन्छी बीमाको अनुदान २५ प्रतिशत घटाएर ५० प्रतिशत झारेका थिए ।

तर अर्थमन्त्री शर्माले प्रतिस्थापन विद्येयक मार्फत कृषि तथा पशुपन्छी बीमाको अनुदान रकम ३० प्रतिशत बढाएर ८० प्रतिशत पुर्याएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*