सिइओ बन्न नियमले नदिएपछि बीर कृष्ण महर्जन नेपाल इन्स्योरेन्सको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

७ कार्तिक २०७८, आईतवार ११:५२

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बीर कृष्ण महर्जनलाई नियुक्त भएका छन् । नेप्सेमार्फत कम्पनीले यो सूचना सूसूचीत गराएको हो ।
कम्पनीको गत कात्तिक ५ गते बसेको संचालक समितिको बैठकले कात्तिक ७ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा उनलाई नियुक्त गरेको हो । वित्तीय सुशाशन कायम गर्न भन्दै लागू गरेको ‘६ महिने कुलिङ पिरियड’ लाई नेपाल इन्स्योरेन्सले ठाडो चुनौती दिई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बीर कृष्ण महर्जनलाई नियुक्त गर्दै बीमा समितिलाई ‘पंगु’ बनाएको हो ।

प्रुडेन्सियलको संचालक समितिले कार्तिक ५ गतेदेखि लागु हुने गरी उनको राजिनामा स्वीकृत गरेको थियो । तर नेपाल इन्स्योरेन्सले कार्तिक ७ गतेदेखि नै लागु हुने गरी डिसिओमा नियुक्त गरेको हो । यसअघि पु्रडेन्सियलमा प्रमुख कार्यकारी अधिकृत भएका महर्जनलाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

यस अगाडीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहको राजिनामा पश्चात् कम्पनीले अहिलेसम्म प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न सकेको छैन । बीमा समितिले प्रमुख कार्यकारी नियुक्त गर्न भन्दै पटक निर्देशन दिदै आएको छ । समितिले पछिल्लो पटक प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नै पर्ने भन्दै निर्देशन दिएकाले केहि समयमै उनलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिनु पर्ने छ या त अर्को खोज्नु पर्ने छ ।उनको कुलिङ पिरियड सकिने वित्तीकै प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने गरी हाललाई बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको कम्पनीको स्रोतले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*