शिखर इन्स्योरेन्सकोे बीमा दाबी ब्यवस्थापन सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न

७ कार्तिक २०७८, आईतवार १४:१६

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले बीमा दाबी व्यवस्थापन सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कात्तिक ६ गते (शनिबार) गरेको कार्यक्रममा कम्पनीले दाबी प्रक्रिया सहर, छिटो छरितो गरी सबैमा बीमा आवश्यकता सहसुुस गराउन प्रशिक्षण दिएको थियो ।

दाबी विभागका कर्मचारीलाइ दिएकोे पशिक्षणमा दाबी भुक्तानीमा के कुराले ढिलाइ हुन्छ यसलाई छिटो कसरी गर्न सकिन्छ थाहा पाउनका लागि कम्पनीको आन्तरिक ब्यवस्थापनले यो कार्यक्रम आयोजना गरेको थियो । प्रशिक्षण कार्यक्रममा उपस्थित बीमा कम्पनीका दाबी विभागका कर्मचारी, उच्च ब्यवस्थापनका कर्मचारी तथा सर्भेयरले औपचारिक रुपमा कागजको प्रयोगलाई कम गर्नु पर्ने भनाइ राखेका थिए ।
कार्यक्रममा बीमा समिति उप निर्देशक विरोध भट्ट र सर्भेयरका अध्यक्ष सूर्य प्रसाद जोशी र शिव शाखले दाबी व्यवस्थापन सहलीकरण तथा सहजिकरण बनाउनु पर्नेे विषयलाईृ जोड दिएको थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*