असोज महिनामा निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ९ अर्ब माथि, शिखरको अग्रता कायमै

७ कार्तिक २०७८, आईतवार १८:०३

काठमाडौं । हाल संचालनमा रहेका २० निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा ९ अर्ब माथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिका अनुसार तीन महिनाको अवधिमा निर्जिवन बीमा कम्पनीहरुले ९ अर्ब १ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

असोज मसान्तसम्ममा शिखर इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीले यस त्रैमासको अवधिसम्ममा १ अर्ब ३२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ।सगरमाथा इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीले यस अवधिसम्ममा ९० करोड ६७ लाख रुपैयाँँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ।

नेको इन्स्योरेन्सले ८१ करोड रुपैयाँ सिद्धाथ इन्स्योरेन्सले ६९ करोड रुपैया, प्रिमियर इन्स्योरेन्सले ६१ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ६७ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ४४ करोड रुपैयाँ, युनाईटेड इन्स्योरेन्स४४ करोड रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सले ४२ करोड रुपैयाँ, अजोड इन्स्योरेन्सले ४१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, प्रभु इन्स्योरेन्सले ३९ करोड रुपैयाँ, आइएमई जनरलले ३७ करोड रुपैयाँ, लुम्बिनी जनरलले ३६ करोड रुपैयाँ, दि ओरियन्टलले ३६ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले ३४ करोड रुपैयाँ, पु्रडेन्सियल इन्स्योरेन्सले ३१ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले २९ करोड रुपैयाँ, जनरल इन्स्योरेन्सले २५ करोड रुपैयाँ, सानिमा जनरल इन्स्योरेन्सले २२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*