नेपाल रिको अध्यक्षमा डा.घिमिरे नियुक्त

८ कार्तिक २०७८, सोमबार २०:४०

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा डा. रबीन्द्र घिमिरे नियुक्त भएका छन् । हालै सम्पन्न मन्त्रिपरिषद्को बैठकले उनलाई नेपाल रिको अध्यक्षमा नियुक्त गरेको हो ।

सरकारले उनलाई ४ बर्षको लागि अध्यक्ष पदमा नियुक्त गरेको हो । घिमिरे बीमा सम्बन्धी जानकार व्यक्ति हुन् । हाल उनी पोखरा विश्वविद्यालय स्कूल अफ विजनेशका प्राध्यापक पनि हुन् ।

यस्तै, कम्पनीको सञ्चालकमा मदन पोखरेललाई नियुक्त गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*