गैरशुल्क बीमा व्यवसायमा न्यूनतम प्रिमियम दर सम्बन्धमा जारी गरिएको बीमा समितिको निर्देशनमा मंहासघको गम्भीर ध्यानाकर्षण

१० कार्तिक २०७८, बुधबार १४:५२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्जीवन बीमाको प्रिमियम वृद्धि गरि न्युनतम सिमा तोकी जारी गरिएको निर्देशन पुनरावलोकन गर्न आग्रह गरेको छ । गैरशुल्क बीमा व्यवसायमा न्यूनतम प्रिमियम दर सम्बन्धमा जारी गरिएको बीमा समितिको निर्देशनमा ध्यानाकर्षण गराउँदै महासंघले पुनरावलोकन गर्न आग्रह गरेको हो ।

गत असोज ६ गते बीमा समितिलेसबै निर्जीवन बीमा कम्पनीहरूको लागि जारी गरेको गैर शुल्कबीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर सम्बन्धी परिपत्र जारी गरेको थियो । यसबाट निर्जीवन बीमाको प्रिमियम वृद्धि गरि न्युनतम सिमा तोकेका प्रति महासंघकले समितिलाई ध्यानाकर्षण गराएको हो ।

‘खुला बजार अर्थव्यवस्थामा नियामक निकायद्धारा प्रिमियम वृद्धि सोही दरलाई नै न्युनतम सिमा तोकिदा एकाएक आयोजनाको लागत बढन जानेछ । विज्ञप्तीमा स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, निर्माण व्यवसायी महासंघ लगायतका आयोजना निर्माणमा संलग्न संघ÷संस्था एवं उद्यमी व्यवसायीहरूका अनुसार बीमा समितिले जारी गरेको निर्देशनमा बीमाको प्रिमियम शुल्क भुक्तानी गरेपनि बीमितले बिमकबाट दावी भुक्तानी पाउन नसक्ने खालका विभिन्न शर्तहरूको राखिएका छन् ।

यस बिषयमा सबै सरोकारवालासंग अविलम्व छलफल गर्न पनि महासंघ माग गर्दछ’त्यस्तै, नियामक निकाय समितिले जारी गरेको यो निर्देशनबाट बजारमा प्रतिष्पर्धा निरुत्साहित हुने पनि महासंघले जनाएको छ । खुला बजार अर्थव्यवस्थामा प्रतिष्पर्धाद्धारा मूल्य निर्धारण हुने हुँदा न्युनतम शुल्क तोक्न नहुने महासंघको धारणा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*