नेको इन्स्योरेन्सले सर्भेयर सूचिकृत गर्ने, कहिलेसम्म दिन आवेदन दिन पाइन्छ ?

२४ कार्तिक २०७८, बुधबार १२:५९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बीमा सर्भेयरको सूचि दर्ता अनुरोध गरेको छ ।

कम्पनीले आज एक सूचना निकाल्दै चालु आर्थिक वर्षमा कम्पनीको बीमालेखमा परेका दाबीहरुको क्षति सर्बेक्षण, अनुसन्धान तथा मुल्याङ्कन गर्नका लागि बीमा समितिबाट सर्भेयर इजाजत प्राप्त गरी इजाजत बहाल रहेका कम्पनीमा सूचिकृत नभएका सर्भेयर ब्यक्ति वा संस्थालाई सूचि दर्ता गर्ने भनिएको हो ।

इच्छुक सर्भेयर ब्यक्ति वा संंस्थालाई सूची दर्ताका निवेदन सहित आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय अनामनगरमा वा कम्पनीको इमेल मार्फत दर्ता गर्ने सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*