युनाइटेड इन्स्योरेन्सको वित्तीय विवरणमा कोरियो खराव चित्र, आम्दानी ५८ प्रतिशले घट्दा दावी भुक्तानी १३७ प्रतिशतले बढ्यो

२८ कार्तिक २०७८, आईतवार ०८:४०

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीले चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको सञ्चालनमा खराव चित्र झल्किएको छ । कम्पनीको बीमा व्यवसाय उत्साहजनक बृद्धि भएपनि लगानीबाट प्राप्त आम्दानी घटेको छ भने दावी भुक्तानी डरलाग्दो अवस्थाको चित्र कोरेको छ ।

बीमा कम्पनीहरुमा दावी भुक्तानी निकै महत्वपूर्ण हुन्छ । चालु आवको तीन महिनामा युनाइटेड इन्स्योरेन्स कम्पनीको दावी भुक्तानी १३७.४८ प्रतिशतले बृद्धि भएको छ । जुन चिन्ताको विषय हो । युनाइटेड इन्स्योरेन्स कम्पनीले गत आवमा दुई करोडड ९८ लाख ४१ हजार रुपैयाँ दावी भुक्तानी गरेकोमा चालु आवको समीक्षा अवधीमा सात करोड आठ लाख ६६ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ ।

कम्पनीको कर्जा, लगानी तथा अन्यबाट प्राप्त हुने आयमा समेत ५८.२२ प्रतिशतले गिरावट आएको छ । गत आवको तीन महिनामा नौ करोड ८४ लाख ६६ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आवको प्रथम त्रैमाससमा चार करोड ११ लाख ४२ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको व्यवस्थापन खर्च ६६ प्रतिशतले बृद्धि भएको छ । गत आवमा चार करोड पाँच लाख छ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आवमा छ करोड ७२ लाख ५२ हजार रुपैयाँ खर्च गरेको छ ।

कम्पनीको आम्दानी घट्नु, व्यवस्थापन खर्च बढ्नु तथा दावी भुक्तानी बढ्नुले एक अर्ब दुई करोड ८१ लाख ६० हजार रुपैयाँ चुक्ता पुँजि भएको कम्पनीको मुनाफा समेत खुम्चिन पुगेको छ ।

वित्तीय विवरण अनुसार युनाईटेड इन्स्योरेन्स कम्पनीको मुनाफ ११.७० प्रतिशतले बृद्धि भएको छ । गत आवको प्रथम त्रैमासमा एक करोड छ लाख ८७ हजार रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले चालु आवको समीक्षा अधवीमा एक करोड १९ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

कम्पनीको खर्च र आम्दानीमा केही खराव चित्र देखिए पनि समग्र बीमा व्यवसाय बृद्धि भइरहेकोले आगामी दिनमा सुधारहरु गरेमा उल्लेख्य प्रगति गर्न सक्ने देखिएको छ । कम्पनीको बीमा व्यवसाय ६४ प्रतिशतले बृद्धि भएको तथ्याङ्कले देखाएको छ । अघिल्लो आवको समीक्षा अवधीमा २६ करोड ७४ लाख ९७ हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको कम्पनीले चालु आवको प्रथम त्रैमासमा ४४ करोड एक लाख ८३ हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । त्यस्तै, कम्पनीको खुद बीमा शुल्क आम्दानी करिब ६३ प्रतिशतले बृद्धि भएको छ । गत आवमा १३ करोड १३ लाख ४३ हजार रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको कम्पनीले चालु आवको प्रथम त्रैमासमा २१ करोड ४० ३५ हजार रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ ।

कम्पनीको बीमा पोलिसी संख्या गत आवको समीक्षा अवधीमा ३३ हजार १६७ रहेकोमा चालु आवमा ४० हजार २६८ पुगेको छ ।
वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी १.६४ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४४.४१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५१८.९७ गुणा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*