बीमा समितिद्वारा दुर्घटना बीमा निर्देशिका २०७८ जारी, प्रति हजार दुई रुपैयाँ शुल्क अनिवार्य

पुरानो दुर्घटना बीमालेख आजैदेखि जारी गर्न नपाइने
२९ कार्तिक २०७८, सोमबार ११:५५

काठमाडौं । बीमा समितिले आजदेखि लागू हुने गरी दुर्घटना बीमा निर्देशिका २०७८ जारी गरेको छ । सो निर्देशिका अनुसार दुर्घटना बीमामा सामूहिक र व्यक्तिगत दुई प्रकारको बीमा गर्न पाइने व्यवस्था गरिएको छ ।

बीमा समितिले दुर्घटना बीमाको स्तरिकृत गर्ने उद्देश्यले जारी गरेको नयाँ बीमा निर्देशिका अनुसार दुवै प्रकारको दुर्घटना बीमा शुल्कमा कुनै प्रकारको छुट दिन पाइने छैन । नयाँ निर्देशिका अनुसार दुर्घटना बीमा सम्बन्धी छुट्टै बीमा पोलिसी जारी गर्नुपर्नेछ ।

उक्त व्यवस्था अनुसार व्यक्ति वा समुहको मात्रै बीमा गर्न सकिने छ । दर्घटना सम्बन्धी नयाँ बीमालेखमा मूल बीमाङ्क रकम, सम्पुष्टिमा थप गरी लिन चाहेको थप जोखिम बापतको रकम बीमालेखले उपलब्ध गराउने औषधी उपचारको रकम बाहेक थप औषधी उपचारको रकम समेत उल्लेख हुनुपर्ने व्यवस्था गरिएको छ ।

नयाँ व्यवस्था अनुसार निर्जिवन बीमामा सवारी दुर्घटनामा अनुमानित मूल्य पेश गर्न पाइने छैन । एकिन मूल्याङ्कन गरेर बीमा गर्नुपर्नेछ । अधिकम् एक वर्ष अवधीको बीमालेख सो भन्दा कम अवधीको समेत जारी गर्न सकिने व्यवस्था गरिएको छ ।

बीमा समितिले जारी गरेको निर्देशिका बमोजिम व्यक्तिगत दुर्घटना बीमाको दर प्रतिहजार, प्रतिवर्ष दुई रुपैयाँ तोकिएको छ । त्यस्तै सामूहिक दुर्घटना बीमाको दर दुई जनादेखि २५ जनासम्मको समुहको लागि प्रति व्यक्ति प्रति हजार न्यूनतम् दुई रुपैयाँ, २६ जनादेखि १०० जनासम्मको लागि प्रतिव्यक्ति प्रति हजार १.७५ रुपैयाँ र १०० भन्दा बढि भएमा सामूहिक दुर्घटना बीमा गर्दा प्रतिव्यक्ति प्रति हजार १.५ रुपैयाँ दर निर्धारण गरिएको छ ।

नयाँ व्यवस्था अनुसार दुर्घटना बीमालेख नामसारी वा स्वामित्व हन्तान्तरण नहुने जनाएको छ । बीमा समितिले यसअघि जारी गरेको दुर्घटना बीमालेख खारेज गरिएको जनाएको छ । आजदेखि ति पुराना बीमालेखहरु जारी गर्न नपाइने जनाएको छ ।

Accident Insurance Directive 2078

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*