नेको इन्स्योरेन्स कम्पनीको खुद बीमाशुल्क आर्जन १४ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

३० कार्तिक २०७८, मंगलवार ०९:२०

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमाससम्ममा आइपुग्दा खुद नाफा ४२।१८५ ले घटेर ७ करोड १९ लाख ६६ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १२ करोड ४४ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको बिमा कोषको आकार २९।०२ प्रतिशत ले बढेर १ अर्ब १५ करोड ३३ लाख ३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसको बिमा कोषमा ८९ करोड ३९ लाख २३ हजार रुपैयाँ थियो ।

खुद बीमा शुल्क १४।०३ प्रतिशतले बढेर ४९ करोड ३५ लाख ७६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ४३ करोड २८ लाख ६१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । यस त्रैमासको अवधिसम्ममा आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९४ पैसाले घटेर २१ रुपैयाँ ८५ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ २४८ रुपैयाँ ८१ पैसा छ ।

यसअवधिमा कम्पनीको कुल बीमा शुल्क आ क्रमिक रुपमा बढ्दै गएकाले आगामी दिनहरुमा व्यवसायिक विविधिकरण गरी ग्राहकमुखी नयाँ सेवा सुविधा सुरु गरेर कम्पनीलाई सबल बनाउने योजना रहेको कम्पनीले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*