लयमा फर्कदै एभरेष्ट इन्स्योरेन्स, अधिकांश सूचांकमा देखियो प्रगति

३० कार्तिक २०७८, मंगलवार १७:३९

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आवको प्रथम त्रैमासमा उल्लेख्य प्रगति गर्न सफल भएको छ । गत आवमा आरालो लाग्दै गरेको कम्पनी चालु आवको पहिलो त्रैमासमै रचनात्मक प्रगति गर्न सफल भएको हो ।

कम्पनीको कूल बीमा शुल्क आम्दानी २६.४३ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । गत आवको समीक्षा अवधीमा जम्मा २६ करोड ९१ लाख कूल बीमा शुल्क आम्दानी गरेको कम्पनीले चालु आवको तीन महिनामा ३४ करोड दुई लाख ३८ हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ । कुनै समय नेपालको सबैभन्दा ठूलो बीमा कम्पनी रहेर एकछत्र राज गरेको एभरेष्ट इन्स्योरेन्स पुनः लयमा फर्कने संकेत देखिएको छ ।

कम्पनीले लगानी, कर्जा तथा अन्यबाट प्राप्त आय ४३.६१ प्रतिशतले बृद्धि गर्न सफल हुँदा मुनाफा १.३८ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले चालु आवको तीन महिनामा तीक करोड नौ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

 

कम्पनीको जारी बीमालेखको संख्यामा समेत उल्लेख्य बृद्धि भएको छ । गत आवको तीन महिने अवधीमा २५ हजार ८७१ वटा पोलिसी जारी गरेकोमा चालु आवको तीन महिनामा ३१ हजार १९७ वटा बीमा पोलिसी जारी गरेको छ ।

एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी १०.४६ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ६२.६० रहेको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ मूल्य १७१.०६ रुपैयाँ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य २२९.२७ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*