आइएमई इन्स्योरेन्स कम्पनीको खुद नाफा २२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

३० कार्तिक २०७८, मंगलवार २२:३४

काठमाडौं । आइएमई इन्स्योरेन्स कम्पनीले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। पहिलो त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्कमा सामान्य सुधार देखिएको छ ।

पहिलो त्रैमासको अवधिसम्ममा १६ करोड ३७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १५ करोड ८० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ३ दशमलव ६३ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीको खुद मुनाफा २२ प्रतिशतले वृद्धि भएर ४ करोड ३५ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ, जगेडा कोषमा २५ करोड ८३ लाख रुपैयाँ र बीमा कोषमा ४८ करोड ४६ लाख रुपैयाँ संचित रहेको छ ।

यस त्रैमासको अवधिसम्ममा कम्पनीले ६ करोड २६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ३८ प्रतिशतले बढी हो ।
कम्पनीको प्रति शेयर आम्दानी १५ रुपैयाँ ०५ पैसा र प्रति शेयर नेटवर्थ १६४ रुपैयाँ १९ पैसा रहेको छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*