शिखर इन्स्योरेन्सद्धारा १० वषदेखि कार्यरत २५ जना कर्मचारीलाई सम्मानित

२ मंसिर २०७८, बिहीबार २१:१३

काठमाडौं । शिखर इन्स्योरेन्सले १७ औ बार्षित्सवको अवसरमा २५ जना कर्मचारीहरुलाई सम्मान गरेको छ । कम्पनीले १७ औं वार्षिकोत्सवको अवसरमा १० वर्ष भन्दा बढि सेवा गर्ने २५ जना कर्मचारीलाई सम्मान गरेको हो ।

कम्पनीमा विगत लामो समयदेखि निरन्तर रुपमा सफल व्यवसाय गर्दै कम्पनीलाई दिएको योगदानलाई कदर गर्दै उक्त कर्मचारीहरुलाई सम्मान गरेको हो । पुरस्कृत हुने कर्मचारीहरुलाई प्रमाणपत्र सहित मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा १० बर्षदेखि कम्पनीमा आवद्ध भई योग्दान दिँदै आईरहेका विमल राज नेपाली, प्राथना शाही, चन्दमणी शर्मा, हरी प्रसाद लम्साल, सुमन खनाल जेनी खतिवडा, स्वतिका कार्की, कुमार थापा, श्याम कृष्ण श्रेष्ठ, सुनेस राजभण्डारी, रञ्जना पोखरेल, सुनिता आर्चाय, शशील प्रसाद खनाल, योगेन्द नारायण मुनाकर्मी, प्रतिमा कार्की, कमला बरटैला, निरज विक्रम शाह, अनुसा वस्नेत कुंवर, उत्तम कुमार पुडासैनी, अर्जुन बहादुर रोकाया, रमेश केसी,मिन बहादुर कार्की, उमेश मर्हजन र हिकम्त चौधरीलाई सम्मान गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*