सानिमा जनरल इन्स्योरेन्सका शेयरधनीको हात खाली

७ मंसिर २०७८, मंगलवार १४:४५

काठमाडौं । सानिमा जनरल इस्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा लाभांश नदिने प्रस्ताव बीमा समितिकोे स्वीकृतिको लागि पेश गरिएको जनाएको हो ।

कम्पनीको मंसिर ६ गते बसेको संचालक समितिको ९५ औं बैठकले आव २०७७।०७८ को बीमा समितिबाट जारी निर्जीबन बीमा ब्यवसाय गर्ने बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन बमोजिमको वित्तीय विवरण तथा एनएफआरएस बमोजिमको वित्तीय विवरणहरु पारित गरी बीमा समितिमा स्वीकृतिका लागि पेश गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*