निर्जिवन बीमा सहित २१ कम्पनीको कुल लगानी ७४ अर्ब माथि कुन कम्पनीको कति ?

९ मंसिर २०७८, बिहीबार १६:०२

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले आफ्नो लगानीको क्षेत्रलाई विस्तार गर्न थालेका छन् । बीमा समितिको निर्देशन अनुसार निर्जिवन बीमा कम्पनीहरु र दुई पुनर्बीमा कम्पनीले लगानी विविधिकरण गर्दै बैंकको मुद्दति बाहेक शेयर, ऋणपत्र, कृषि पूर्वाधार क्षेत्रमा पनि लगानी गरेका छन् ।

यसअघि निर्जिवन बीमा कम्पनीहरु र पुनर्बीमा कम्पनीले लगानी कोष तथा पुँजि परिचालन बैंकको मुद्दती निक्षेपमा मात्र राख्ने गरेका थिए ।समितिले लगानी निर्देशिका जारी गरेसँगै बीमा कम्पनीहरुलाई अन्य क्षेत्रमा समेत लगानी गर्ने बाटो खुल्ला भएको हो । समितिले नयाँ निर्देशिका ल्याएपनि कम्पनीहरु बैंकको ब्याजदरमा निर्भर रहेको बीमा समितिले प्रकाशन गरेको तथ्याङ्कले सपष्ट रुपमा देखाएको पाईन्छ ।

समितिको उक्त निर्देशन अनुसार निर्जिवन बीमा कम्पनी र नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक बर्षको प्रथम त्रैमासको अवधिसम्ममा नेपाल सरकारको वचतपत्र तथा ऋणपत्र,नेपाल पुर्वधार बैंकको मुद्दती निक्षेप, सूचीकृत पब्लिक कम्पनीको साधारण शेयर, कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधार, म्युचअल फण्ड र नागरिक लगानी कोष र अन्य लगानीका क्षेत्रहरुमा समेत लगानी गरेका छन् ।

समितिले उपल्बध गराएको तथ्याङ्क अनुसार निर्जिवन बीमा कम्पनी सहति पुनर्बीमा कम्पनीले कुल ७५ अर्ब ७३ करोड रुपैयाँ लगानी गरेका छन् । जसमध्ये साढे ६२ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा लगानी रहेको तथ्याङ्कले देखाएको छ ।

बीमा समितिको तथ्याङ्क अनुसार असोज मसान्तसम्ममा निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीले बैंकको मुद्दती निक्षेपमा साढे ६२ अर्ब रुपैयाँ लगानी गरेका छन् । कम्पनीहरुले क वर्गका बैंक, ख वर्गको बैंक र ग वर्गका बैंकहरुमा ६२ अर्ब ५० करोड रुपैयाँ मुद्दती निक्षेपमा रकम संकलन गरेका छन् ।

तथ्याङ्क अनुसार निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीले क वर्गका बैंकहरुमार्फत ५६ अर्ब ४६ करोड रुपैयाँ, ख वर्गका बैंकहरुमा ५ अर्ब ४० करोड रुपैयाँ, ग वर्गका बैंकहरुमा ६३ करोड १७ लाख रुपैयाँ गरि कुल ६२ अर्ब ५० रुपैयाँ मुद्यती निक्षेपमा लगानी गरेका छन् ।

त्यस्तै, मुद्दती निक्षेप बाहेक निर्जिवन बीमा कम्पनीहरुले सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, अन्य लगानी, सूचीकृत पब्लिक डिभेन्चरमा धेरै लगानी गरेका छन्।
सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेन्चरमा ३ अर्ब ६४ करोड रुपैयाँ, अन्य लगानीमा ३ अर्ब ६३ करोड रुपैयाँ, सुरक्षित कम्पनीहरुको साधारण शेयरमा २ अर्ब ५६ करोड रुपैयाँ लगानी गरेका छन् ।
बाँकि अन्य क्षेत्रमा अर्बमाथि कम लगानी गरेका छन् । त्यस्तै, कृषि पर्यटन र जलस्रोत लगायतका पूर्वधारमा ७३ करोड १६ लाख रुपैयाँ, ग वर्गको बैंक तथा वित्तीय संस्था ६३ करोड, नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा ५८ करोड रुपैयाँ, म्युचुअल फन्ड र नागरिक लगानी कोषमा ४० करोड र बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्रमा २६ करोड ५१ लाख रुपैयाँ लगानी गरेका छन् ।

कुन कम्पनीले कति लगानी गरे ?

बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार नेपाल पुनर्बीमा कम्पनीले बैंक तथा विविध क्षेत्रमा १८ अर्ब २६ करोड रुपैयाँ लगानी गरेका छन् । त्यस्तै, हिमालयन जनरल इन्स्योरेन्सले ६ अर्ब ९६ करोड रुपैयाँ लगानी गरेका छन् ।त्यस्तै , निर्जिवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै सरकारी स्वामित्वमा रहेको कम्पनीले बैंक तथा वित्तीय संस्था र अन्य क्षेत्रमा ५ अर्ब ६८ करोड रुपैयाँ र दोस्रोमा नेको इन्स्योरेन्सले ४ अर्ब ३ करोड रुपैयाँ लगानी गरेको छ।

समितिको तथ्याङ्क अनुसार सगरमाथा इन्स्योरेन्सले ३ अर्ब २७ करोड रुपैयाँ, शिखर इन्स्योरेन्सले ३ अर्ब २१ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले ३ अर्ब ४ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्से २ अर्ब ६७ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले २ अर्ब ६२ करोड रुपैयाँ, दि ओरियन्टल इन्स्योरेन्सले २ अर्ब ५९ करोड रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब १८ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले २ अर्ब १० करोड रुपैयाँ र लुम्बिनी जनरल इन्स्योरेन्सले २ अर्ब ७ करोड रुपैयाँ लगानी गरेका छन् ।

त्यस्तै, युनाईटेड इन्स्योरेन्सले २ अर्ब रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सले १ अर्ब ७७ करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ७० करोड रुपैयाँ, अजोड इन्स्योरेन्सले १ अर्ब ६३ करोड रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब ५६ करोड रुपैयाँ, सानिमा जनरल इन्स्योरेन्सले १ अर्ब ३९ करोड रुपैयाँ, जनरल इन्स्योरेन्सले १ अर्ब ३२ करोड रुपैयाँ र प्रभु इन्स्योरेन्सले १ अर्ब ३२ करोड रुपैयाँबैंक तथा वित्तीय क्षेत्र र अन्य क्षेत्रमा लगानी गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*