२० निर्जिवन बीमा कम्पनीले कात्तिक महिनामा आर्जन गरे पौने ३ अर्ब रुपैयाँ बीमाशुल्क, कुनले कति गरे ?(तथ्याङ्क सहित)

१४ मंसिर २०७८, मंगलवार १३:१३

काठमाडौं । हाल संचालनमा रहेका २० निर्जिवन बीमा कम्पनीले पौने ३ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । कात्तिक महिनामा निर्जिवन बीमा कम्पनीहरुको २ अर्ब ८७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

कात्तिक महिनामा शिखर इन्स्योरेन्सले सबैभन्दा भेरै बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कात्तिक महिनामा कम्पनीले ३८ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ ।कम्पनीले यस महिनामा २९ करोड ४९ लाख रुपैैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

तेस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले कात्तिक महिनामा २४ करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। बीमा समितिले उपल्ब्ध गराएको कात्तिक महिनमाको तथ्याङ्क अनुसार सिद्धार्थ इन्स्योरेन्सले २० करोड १५ लाख रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले १६ करोड ६० लाख रुपैयाँ, हिमालयन जनरलले १६ करोड ४३ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १५ करोड ७३ लाख रुपैयाँ, आइएमई लाइफले १४ करोड ४५ लाख रुपैयाँ, युनाईटेड इन्स्योरेन्सले १४ करोड ७४ लाख रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सले १२ करोड २९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, प्रभु इन्स्योरेन्सले १२ करोड १५ लाख रुपैयाँ, दि ओरियन्टल इन्स्योरेन्सले ११ करोड ७१ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ११ करोड ६ लाख रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले १० करोड ६९ लाख रुपैयाँ, अजोड इन्स्योरेन्सले ९ करोड ६१ लाख रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ७ करोड ९८ लाख रुपैयाँ, जनरल इन्स्योरेन्सले ६ करोड ४१ लाख रुपैयाँ, सानिमा जनरल इन्स्योरेन्सले ६ करोड ४१ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्स कम्पनीले ४ करोड ३२ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ४ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*