४१ रुपैयाँ इपिएस भएको नेको इन्स्योरेन्सले कति दिँदैछ लाभांश ? यस्तो छ १० वर्षको लाभांश इतिहास

१५ मंसिर २०७८, बुधबार २०:१७

काठमाडौं । विगत दश वर्षदेखि नै राम्रो मुनाफा कमाइरहेको नेको इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई पनि राम्रो लाभांश दिँदै आएको पछिल्लो दश वर्षको लाभांश इतिहासले देखाएको छ । गत आर्थिक वर्षको लाभांश घोषणा गर्न बाँकी कम्पनीले कति लाभांश दिन सक्छ भनेर शेयरधनीहरुलाई चासो बढ्दै गएको छ । नेपालमा सञ्चालित बीमा कम्पनीहरु मध्येमा उत्कृष्ट मध्येमा पर्ने नेको इन्स्योरेन्सको लाभांशबारे आम लगानीकर्ताको चासोलाई ध्यानमा राख्दै सो कम्पनीको दश वर्षे लाभांश इतिहासको चर्चा गरिएको हो ।

बैंकहरुले भन्दा ढिलो साधारणसभा गर्ने बीमा कम्पनीहरूले लाभांश पनि ढिलै घोषणा गर्ने गरेका छन् । कतिपय बीमा कम्पनीहरूले त दुई वर्ष लाभांश दिन बाँकी नै छ । नेपालमा बीमाङ्कीय मूल्याङ्कन गर्ने बीमाङ्की नभएको तथा विदेशमा रहेको बीमाङ्कीको भरपर्नु परेकोले बीमा कम्पनीहरुको साधारणसभामा ढिलाई गरेको हो ।

नेको इन्स्योरेन्स कम्पनीले गत वर्षको मुनाफाबाट लाभांश पनि दिइसकेको छ । आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीले शेयरधनीलाई १५.५ प्रतिशत शेयर र ०.८२ प्रतिशत नगद गरी १६.३२ प्रतिशत लाभांश दिएको थियो । नेको इन्स्योरेन्स कम्पनीले गत वर्ष २ः१ अनुपातमा हकप्रद शेयर समेत जारी गरेको थियो ।

कम्पनीको एक करोड ५२ लाख १६ हजार ३ सय ३७ कित्ता सेयर नेप्सेमा सूचीकृत छ । कम्पनीको हाल १ अर्ब ५२ करोड १६ लाख ३३ हजार ७ सय रुपैयाँ चुक्ता पुँजि रहेको छ ।कम्पनीले चुक्ता पुँजी पनि वृद्धि गर्ने तयारीमा रहेकोले कम्पनीले गत वर्षको मुनाफाबाट धेरै शेयर लाभांश र कम नगद लाभांश दिन सक्ने प्रक्षेपण गर्न सकिन्छ । जसका कम्पनीको ४० प्रतिशत भन्दा माथि लाभांश दिन सक्ने क्षमता रहेको छ। तर क्षमता भएपनि कम्पनीले हालसम्म २१ प्रतिशत भन्दा बढी दिएको छैन् ।

कम्पनीले १० बर्षको इतिहासमा शेयरधनीलाई कति दिए लाभांश

दश वर्षे इतिहास हेर्ने हो भने कम्पनीले सबैभन्दा धेरै २०७२/७३ मा २१ प्रतिशत लाभांश सेयरधनीलाई दिएको थियो ।त्यस्तै, कम्पनीले आर्थिक बर्ष २०७६/७७मा १६ दशमलव ३२ प्रतिशत, आर्थिक बर्ष २०७५/७६ मा ८ दशमलव १६ आर्थिक बर्ष २०७४/७५मा १२ दशमलव ६३ प्रतिशत, आर्थिक बर्ष २०७३/७४ मा १० दशालव ५२ प्रतिशत, आर्थिक बर्ष २०५२/७३ मा २१ दशमलव ०५ प्रतिशत, आर्थिक बर्ष २०७१/७२मा १५ दशमलव ७८ प्रतिशत लाभांह शेयरधनीलाई दिएको थियो ।

त्यस्तै, आर्थिक बर्ष २०७०/७१ मा १३ दशमलव ३८ प्रतिशत, आर्थिक बर्ष २०६८/६९ मा ११ दशमलव ५ प्रतिशत र आर्थिक बर्ष २०६७/६८ मा ५ प्रतिशत लाभांश दिएको थियो ।

कम्पनीको चुक्ता पुँजि एक अर्ब ३१ करोड ७४ लाख ३२ हजार रुपैयाँ चुक्ता पुँजि भएको नेको इन्स्योरेन्स कम्पनीको गत आवमा ५४ करोड छ लाख भन्दा बढि मुनाफा आर्जन गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ४१.०४ रुपैयाँ छ । सो आधारमा कम्पनीले यस वर्ष बम्पर लाभांश दिने निश्चित छ । यद्यपि बीमाङ्कीय मूल्याङ्कन (ल्याट) रिपोर्टपछि तयार पारिने एनएफआरएस प्रणालीको लेखा परिक्षणका कारण तथा कोरोना बीमाको जोखिम समाप्त भइ नसकेकोले मुनाफा हाल अनुमान गरेभन्दा फरक हुनसक्नेछ ।

कम्पनीको शेयर मूल्य प्रतिकित्ता ११५९ रुपैयाँमापछिल्लो कारोबार भएको देखिन्छ । नेको इन्स्योरेन्स कम्पनीको शेयर गत फेब्रुअरी १५ का दिनमा प्रतिकित्ता १८२९ रुपैयाँसम्म पुगेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*