आइएमई जनरल इन्स्योरेन्सको क्षति मुल्याङ्नकर्ता तालिन सम्पन्न

२१ मंसिर २०७८, मंगलवार १३:२७

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले क्षति मुल्याङ्कनकर्ता तालिम सम्पन्न गरेको छ । बीमा समितिबाट जारी कृषि तथा पशुपन्छि बीमा निर्देशिका, २०७७ बमोजिम कम्पनीले कृषि तथा पशुपन्छि बीमा क्षति मुल्याङ्कनकर्ताको ब्यवस्था गर्न उक्त तालिम संचालन गरेको हो ।

कम्पनीले बीमा समितिको रोहवरमा धनुषा र महोत्तरी जिल्लाका सहभागीहरुलाई एकै स्थानबाट समावेश गरी मंसिर १६ गतेदेखि १९ गतेसम्म बर्दिवास स्थित गौतम होटलमा सो तालिम सम्पन्न गरेको हो । उक्त तालिममा १० जना क्षति मुल्याङ्कनकर्ताहरुको सहभागिता रहेको थियो ।

तालिम पश्चात कृषि तथा पशुपन्छि बीमा क्षतिको लागि तोकिएको सीमाभन्दा बढीको क्षतिमा मुल्याङ्कन गरी दाबी भुक्तानी गर्ने ब्यवस्थाबाट कृषि तथा पशुपन्छि बीमा सुधार हुनुका साथै बीमा सेवा प्रदानमा सहज हुने विश्वास कम्पनीले लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*