सल्यानमा एनएलजी इन्स्योरेन्स कम्पनीको घुम्ती बीमा सम्पन्न

२८ मंसिर २०७८, मंगलवार २२:२०

नेपालगन्ज । एनएलजी इन्स्योरेन्स कम्पनीले सल्यानको बागचौर नगर पालिकामा एक दिने घुम्ती बीमा कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आयोजना गरेको घुम्ती बीमा शिविरमा कृषी तथा पशुपंक्षी बीमा सम्बन्धि छलफल समेत आयोजना गरिएको कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रम बागचौर न.पा.वडा नं२ का वडा अध्यक्ष टोप बहादुर डि.सीको प्रमुख आथित्यमा र एनएलजी ईन्स्योरेन्स कम्पनी लिका क्षेत्रीय प्रमुख सुनिल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा कृषी क्षेत्र विकास कार्यक्रम समन्वय ईकाई कार्यालयका प्रमुख प्रकाश पौडेल, कृषी विकास शाखाका प्रमुख एवम् कर्मचारीहरु, एनएलजी ईन्स्योरेन्स कम्पनी सल्यानका प्रमुख बिमर्ष प्रधान, पश्चिम रुकुमका प्रमुख मोहन बुढाथोकी बागचौरका कृषक तथा पशु पालक किसानहरु गरी जम्मा ५५ जनाको सहभागीता रहेको थियो ।

कार्यक्रममा प्रमुख अथितीको रुपमा वडा अध्यक्ष टोप बहादुर डिसीले बीमा सम्बन्धी जनचेतना कार्यक्रमले यस क्षेत्रका किसानहरुमा बीमाको ज्ञान बृद्धि भएको तथा कृषि तथा पशुबीमाबारे जानकारी पाएको बताए । उनले कृषि बीमामा आवश्यक सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै, कृषी क्षेत्र विकास कार्यक्रम समन्वय ईकाई कार्यालयका प्रमुख प्रकाश पौडेलले कृषी बीमाको महत्व बारे प्रकाश पार्दै यस्ता किसिमको जनचेतनामुलक छलफल कार्यक्रम समय समयमा सञ्चालन गर्दा बीमाको दायरा बढ्ने र धेरै किसानहरुले लाभ लिन सक्ने सुझाव दिए ।

कार्यक्रममा सहभागी किसानहरुले बीमा अभिकर्ताको संख्या कम भएकोले धरै किसानहरुले बीमाको लाभ लिन नपाएको गुनासो गरेका छन् ।

कार्यक्रममा एनएलजी ईन्योरेन्स कम्पनी लिमिटेड क्षेत्रिय कार्यालय नेपालगन्जका प्रमुख श्रेष्ठले विकट गाउँवस्तीमा पुगेर बीमा सचेतना कार्यक्रम र घुम्ती बीमा सेवा सञ्चालन गर्ने कम्पनीको नीति कार्यान्वयन भइरहेको छ । उक्त अभियान अझै व्यापक बनाइने बताए । कार्यक्रममा किसानहरूको समस्यालाई चाडै नै सम्बोधन गर्दै जाने र अभिकर्ता तालिम तत्कालै संचालन गरिने प्रतिबद्धता जनाएका छन् ।

स्थानीय सहभागीहरुले कम्पनीले आयोजना गरेको एक दिने घुम्ती बीमा सेवा कार्यक्रमबाट बीमा गर्न पाएको जानकारी पाएर फाइदा पुगेका बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*