बीमा सर्भेयर संघ नेपालको १३ औं बार्षिक साधारणसभा सम्पन्न, पुरुष ढकालको अध्यक्षतामा नयाँ कार्य समिति चयन

४ पुष २०७८, आईतवार १७:०३

काठमाडौं । बीमा सर्भेयर संघ नेपाल (नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन-निसा) को १३ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशन सम्पन्न भएको छ । १३ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनबाट नौ सदस्यीय कार्यसमितिको नेतृत्वमा आगामी दुई वर्षका लागि पुरुष ढकाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

अधिवेशनबाट उपाध्यक्षमा देउकाजी गुरुङ, महासचिवमा पवित्र विक्रम राणा, सचिवमा बुद्घकाजी श्रेष्ठ, कोषाध्यक्षमा दिलमान चन्द निर्वाचित भएका छन् । त्यस्तै, एसोसिएसनका सहस्यहरुमा शिशिर गैरे, प्रवेश पौडेल, अमर चन्द्र निराला र दिपक रानाभाट चयन भएका छन् ।

एसोसिएसनको संस्थापक महासचिव हुँदै ढकालले धेरै पटकको कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारी बहन गरिसकेका छन् ।
नवनिर्वाचित अध्याक्ष ढकालले आफ्नो नेतृत्वमा सर्भेयरहरुको साझा संस्था निसालाई नयाँ आयामबाट माथि उठाउन प्रतिवद्घ भएर लाग्ने र समग्र बीमा व्यवसायका सरोकारवाला सबै निकायबाट सहकार्य गर्ने नव निर्वाचित अध्यक्ष ढकालले प्रतिबद्धता जनाएका छन् ।

सर्भेयर संघको साधारणसभामा बीमा दावी भुक्तानीका सम्बन्धमा बीमितलाई पर्याप्त सचेतना नहुँदा समस्या गर्ने गरेको भन्दै दावी भुक्तानी प्रक्रियाको सम्बन्धमा पनि बीमा सचेतना जगाउन आवश्यक रहेको निष्कर्ष निकालिएको संघले जनाएको छ । आफूलाई कार्यक्षेत्रमा खटिरह्दा आउने समस्या र बीमितलाई बीमाको कार्यप्रक्रिया बीमितको दाबीबाट सुरु हुने तथा बीमा दावी भुक्तानी प्रक्रियाका लागि कागजात र सवुद प्रमाण आवश्यक हुन्छ भन्ने जानकारीको अभाव रह्दा बीमितहरु सधैं अन्योलमा पर्ने र दावी भुक्तानीमा ढिलाई हुने गरेको गुनासो आउने गरेको सम्बन्धमा कार्यक्रममा गहन छलफल भएको थियो ।

अधिवेशनको उद्घाटन समारोहमा एसोसिएसनमा आवद्ध सर्भेयरले फिल्डमा आवश्यक जाँचबुझ गरी क्षति मूल्याङ्कन गर्दा बहुआयामिक समस्याहरु सामना गर्नुपरिरहेको र बीमा कम्पनीले बीमालेख जारी गरेका बखतमा त्यसमा रहेका प्रावधान र बन्देजहरुबार बीमितलाई समयमै अवगत नगराइ दिंदा त्यसबाट उत्पन्न समस्यार कार्यक्षेत्रमा खटिएका सर्भेयरमा भइरहेको समस्याको बारेमा कार्यक्रममा आफनो विचार व्यक्त गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*