लुम्विनी जनरल इन्स्योरेन्सद्धारा ९० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

७ पुष २०७८, बुधबार १९:१२

काठमाडौं । लुम्विनी जनरल इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको नेपालगंज शाखाबाट ९० लाख रुपैयाँको वीमा दावी भुक्तानीको चेक हस्तान्तरण गरेको हो ।

नेपालगंजका एक सफल ब्यवसायी टँक बहादुर धामीले नेपालगंज उपमहानगरपालिका वडा न. १ मा संचालन गरेको कमल गार्मेण्ट प्रा. लि. मा आगलागी भै उद्योगमा रहेका मेशिनरी सामान लगायत कच्चा तथा तयारी सामानहरु जलेर नष्ट भएको थियाे । साे घट्नामा लुम्बिनी जनरल इन्स्याेरेन्स कम्पनीका कर्णाली प्रदेश प्रमुख तथा नेपालगन्ज शाखा प्रमुख यज्ञ प्रसाद सापकाेटाले   बीमा दावी भुक्तानी बापतकाे चेक कम्पनीको नेपालगञ्ज शाखा कार्यालयमा बीमित धामीलाई हस्तान्तरण गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*