प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सिईओमा श्रवण रावल नियुक्त

८ पुष २०७८, बिहीबार १६:५१

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ)का लागि बीमा समितिले श्रवण रावललाई स्वीकृती दिएको छ। समितिले स्वीकृति दिएसँगै उनले चार बर्षअवधिको कार्यभार समाल्ने भएका छन् ।

यसअघि कम्पनीको संचालक समितिले उनलाई सिईओ नियुक्त गर्ने निर्णय गरेको थियो । संचालनक समितिको उक्त प्रस्ताव आज बीमा समितिले स्वीकृत गरेको हो ।
सिईओ रावल यसअघि सगरमाथा इन्स्योरेन्समा आवद्ध थिए । रावलसँग बीमा क्षेत्रसँगको लामो अनुभव रहेको छ । यस अगाडीका प्रमुख कार्यकारी अधिकृत विर कृष्ण महर्जनको राजिनामापछि उक्त पद रिक्त थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*